कारोबार रकम भने बढेर दुई अर्ब नाघ्यो
काठमाडौं – नेप्से उच्च अंकले घटेपनि आज बिहिबार कारोबार रकम भने बढेको छ । नेप्से आज ५७ अंकले घटेर १९ सय २४ दशमलव ४८ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि ११ दशमलव २३ अंकले घटेर तीन सय ७४ दशमलव १३ अंकमा पुगेको छ । आज दुई सय ३२ वटा कम्पनीहरुको ३५ हजार पाँच सय ३७ पटकको कारोबारमा ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब १२ करोड ५६ लाख ५५ हजार सात सय ८७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । नेप्सेमा आज बाँणिज्य बैंक समुहको सुचक २४ दशमलव ३२ अंकले घटेर १३ सय १३ दशमलव ८१ अंकमा पुगेको छ भने बिकास बैक समुहको सुचक पनि एक सय ६९ दशमलव ३८ अंकले घटेर तीन हजार चार सय ७४ दशमलव ५७ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि एक सय दशमलव चार अंकले घटेर २१ सय ४८ दशमलव ९३ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ९६ दशमलव ६८ अंकले घटेर सात हजार सात सय ९४ दशमलव ७७ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया फेल्क्सी क्याप फण्ड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा लक्ष्मी बैंक परेको छ ।