सुचक तथा कारोबार रकम दुबै बढे
काठमाडौं – अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज २१ दशमलव तीन अंकले बढेर १९ सय ३४ दशमलव चार अंकमा पुगेको छ भने भने सेन्सिटिभ पनि तीन दशमलव ८३ अंकले बढेर तीन सय ७६ दशमलव १७ अंकमा पुगेको छ । आज दुई सय ३१ वटा कम्पनीहरुको २० हजार पाँच सय २० पटकको कारोबारमा ३१ लाख ४६ हजार नौं सय ९६ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ९२ करोड २५ लाख ७४ हजार चार सय १० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ९१ अंकले बढेर १३ सय १३ दशमलव ३२ अंकमा पुग्दा जलबिद्युत समुहको सुुचक पनि २० दशमलव ७८ अंकले बढेर २१ सय ७० दशमलव ७२ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ५८ दशमलव ७७ अंकले बढेर सात हजार आठ सय ७४ दशमलव ४९ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ९६ दशमलव २२ अंकले बढेर नौं हजार एक सय ७६ दशमलव ७१ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।