बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ?

सोमबार, भाद्र २७ २०७९

काठमाडौँ – भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुन १० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ  । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकको भनाई छ । 

भदौ २८ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । उक्त ट्रेजरी बिल अन्तर्गत २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब रुपैंयाँ रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असोज २५ गते र २०७९ मंसिर २७ गते तोकिएको र यि दुबै ट्रेजरी पुरानो नविकरण अन्तर्गतको रहेको राष्ट्र बैंकको भनाई छ । भदौ २० गते पनि राष्ट्र बैकले छ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।