कारोबार रकम ७४ करोड करोडमा झर्यो
काठमाडौं – नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ११ दशमलव ४७ अंकले घटेर १९ सय २६ दशमलव २८ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव छ अंकले घटेर तीन सय ७४ दशमलव ७८ अंकमा पुगेको छ । दुई सय २१ वटा कम्पनीहरुको २० हजार एक सय २४ पटकको कारोबारमा २५ लाख २४ हजार दुई सय २४ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ७४ करोड ७२ लाख २६ हजार छ सय २५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा अन्य समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ३४ अंकले घटेर १३ सय सात दशमलव ५७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव २६ अंकले घटेर २१ सय ८० दशमलव ५२ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ३८ दशमलव ४५ अंकले घटेर सात हजार आठ सय ६२ दशमलव ६० अंंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ३९ दशमलव ६९ अंकले घटेर नौं हजार एक सय ३३ दशमलव पाँच अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ ।