बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एभरेष्ट बैंक र दराजबिज सम्झौंता

शनिबार, भाद्र २५ २०७९

डेबिट कार्डमार्फत भुक्तानी गर्दा दुई हजार र क्रेडिट कार्डबाट २५ सय छुट

काठमाडौँ – एभरेष्ट बैंक र दराज बीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ । बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ । अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट दिने बैंकले जनाएको छ । 

बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ ।  थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १२ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।