बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनआईसी एसिया क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने

बिहिबार, भाद्र २३ २०७९

काठमाडौँ : एनआईसी एसिया क्यापिटलले ग्राहकहरुको घर तथा अफिस मै गएर निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ।  व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरुलाई सहज रुपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा संचालन गरिएको क्यापिटलले जनाएको छ ।

सेवाग्राहीहरुलाई घर अफिसमा नै पुगी छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो शेयर खाता संचालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराईने हुँदा उक्त योजनाबाट लाभ लिई सहज र झनझट रहित रुपमा डिम्याट तथा मेरो शेयर खाता प्राप्त गर्न क्यापिटलले आग्रह गरेको छ। क्यापिटलले  क्यापिटलका कर्मचारीहरु स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाईएको जनाएको छ।

क्यापिटलका अनुसार उक्त सेवा प्राप्त गर्नको लागि क्यापिटलको ईमेल ठेगाना dp@nicasiacapital.com मा अनुरोध पठाउन वा क्यापिटलको मोवाईल नं. ९८५११२२९९४ मा सोझै कल/वा मिसकल गर्न गर्नु पर्ने छ।  उक्त सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरुको समूह हुनुपर्ने र हाललाई यो सेवा काठमाण्डौ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने क्यापिटलले प्रष्ट पारेको छ।