बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

बुधबार, भाद्र २२ २०७९

सामुहिक लगानी कोष बाहेक सबै समुहले गुमाए

काठमाडौं – नेप्से सुचक तथा कारोबा रकम दुबै नै घटेका छन् । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार पनि ११ दशमलव ९७ अंकले घटेर १९ सय ३९ दशमलव ८८ अंकमा पुगेको छ भने  सेन्सिटिभ पनि एक दशमलव सात अंकले घटेर तीन सय ७७ दशमलव ३८ अंकमा पुगेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको २० हजार चार सय ५२ पटकको कारोबारमा २९ लाख ४३ हजार सात सय ६९ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ८२ करोड ६२ लाख ३० हजार पाँच सय ८३ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढे पनि बाँकी रहेका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक पाँच दशमलव ३९ अंकले घटेर १३ सय १४ दशमलव ९७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २१ दशमलव १९ अंकले घटेर २२ सय दशमलव ९९ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ३३ दशमलव नौं अंकले घटेर सात हजार आठ सय ९९ दशमलव ३४ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव २५ अंकले घटेर नौं हजार एक सय ९७ दशमलव ५५ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज म्युचुअल फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्राईम बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो नेपाल टेलिकम परेको छ ।