बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

झण्डै पाँच अंकले घट्यो नेप्से

सोमबार, भाद्र २० २०७९

एक अर्ब रुपैंयाँ भन्दा कमको सेयर किनबेच

काठमाडौं – नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार चार दशमलव २९ अंकले घटेर १९ सय ७३ दशमलव एक अंकमा पुग्दा सेन्सिटिभ शुन्य दशमलव ८२ अंकले घटेर तीन सय ८२ दशमलव ९५ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २४ वटा कम्पनीहरुको २१ हजार चार सय ७१ पटकको कारोबारमा २४ लाख ४४ हजार तीन सय ४४ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ९० करोड ९९ लाख चार हजार सात सय ५१ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये लघुवित्त र उत्पादनमुलक समुहहरुको सुचक झिनो अंकले बढेका छन् भने बाँकि रहेको ११ वटा समुहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक भने एक दशमलव ३९ अंकले घटेर १३ सय २७ दशमलव १९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक छ दशमलव एक अंकले घटेर २२ सय ६९ दशमलव ९६ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि चार दशमलव ३७ अंकले घटेर आठ हजार ८१ दशमलव १३ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, ट्रेडीङ्ग, होटल तथा पर्यटन, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युत परियोजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ ।