काठमाडौं – समस्याग्रस्त अवस्थामा रहेको नेपाल सेयर मार्केट्स एण्ड फाईनान्स कम्पनी पुन सञ्चालनमा ल्याउने प्रकृया सुरु भएको छ । उक्त फाईनान्सलाई पुन सञ्चालनमा ल्याउनको लागि राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण बिभागले समस्याग्रस्त अवस्थामा रहेको उक्त फाईनान्सको व्यवस्थापन तथा सञ्चालनको लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समुह गठन गर्नको लागि दुई जना व्यक्तिको लागि दरखास्त आव्हान गरेको छ ।
राष्ट्र बैंकका अनुसार उक्त व्यवस्थापन समुहमा एक जना संयोजक र एक जना सदस्य रहने छन् । यसअन्र्तगत संयोजक पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, अर्थशास्त्र लगायतका स्नाकोत्तर गरेको हुनुपर्ने, बैंकिङ क्षेत्रमा १० बर्षको कार्यअनुभव भएको हुनुपर्ने लगायतका योग्यता हुनुपर्ने छ । यसैगरी सदस्य पदको लागि भने व्यवस्थापन, बैंकिङ, वित्तीय लगायतका बिषयमा स्नातक गरेको हुनुपर्ने, चार्टड एकाउन्टेन्सी (सिए) पास गरी पाँच बर्षको कार्य अनुभव भएको हुनुपर्ने लगायतका योग्यता तोकिएको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुले यही असोज छ गतेसम्म आवेदन दिन सक्ने छन् ।