काठमाडौ – नेपाल राष्ट्र बैकले दुई अर्ब रुपैंयाँ बराबको संस्थागत निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्सहरुमा संस्थागत निक्षेपकोरुपमा लगानी गर्न लागिएको हो ।
रकम लगानीको लागि राष्ट्र बैंकले सोमबार बैंक तथा फाईनान्स कम्पनीहरुसंग प्रस्ताव मागेको छ । लगानीको अवधि तीन सय ६६ दिन अर्थात २०७९ असोज दुई गतेदेखि २०८० असोज एक गतेसम्म रहेको छ । यसरी राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ६० करोड, बिकास बैंकहरुको लागि ३० करोड र फाईनान्स कम्पनीहरुको लागि १० करोड रुपैयाँ तोकिएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही भदौ २२ गतेसम्ममा नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने पर्ने छ ।
लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन् ।