बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल लाईफद्धारा हिमाल आरोहणमा सहकार्य

सोमबार, भाद्र २० २०७९

काठमाडौं – गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकार समेत हुन । उनले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका सात वटा हिमालहरु चढि सकेकी छन् । 

अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा गर्दे छिन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे । श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरभान्वित र हौसला मिलेकोे बताईन ।