बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालचि मर्चेन्ट सम्झौता

सोमबार, भाद्र २० २०७९

काठमाडौँ – कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबिच आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवाविकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसादल म्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।

बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिने छ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण गाहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।