बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिमालयन बैंक एक्सीलेन्स इन पस बिजनेस २०२२ अवार्ड बाट सम्मानित 

आइतबार, भाद्र १९ २०७९

काठमाडौं – विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसिबी, मास्टर काडृ, युनियन पे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सीलेन्स इन पस एक्विरिङ बिजनेस २०२२ अवार्ड प्राप्त गरेको छ । 

भिसाद्वारा आयोजित एक समारोहका विच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पस तथा इ कर्मस गेट वे मार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ । 

बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्ध भई कार्ड एक्विरिङ बिजनेश गरिरहेका मर्चेन्ट शुभेच्छुक एवं ग्राहकवर्गमा यो सम्मान समर्पित गर्दै यसै महिना भित्र डिर्नस एण्ड डिस्कभर ब्राण्डको स्विकार्य थप गरिने बैंकले जनाएको छ । हाल बैंकको १५३ वटा एटिएम, ५५०० भन्दा बढि पस तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।