बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कुमारी बैंक र श्री कृष्ण पोलीक्लिनिक बिच सम्झौंता

आइतबार, भाद्र १९ २०७९

काठमाडौं – कुमारी बैंक लिमिटेड र देवदह ०५, खैरेनी, रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो श्री कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट / क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५० प्रतिशत, एक्स–रे मा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया÷ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा तीन देखि पाँच प्रतिसम्म छुट प्राप्त गर्न सक्ने छन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।