बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

शुक्रबार, भाद्र १७ २०७९

१० वटा समुहले गुमाउँदा तीन वटा समुहले कमाए

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से सुचक तथा कारोबार रकम दुबै घटेका छन । नेप्से आज एक दशमलव ६७ अंकले घटेर १९ सय ७० दशमलव ६२ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ७४ अंकले घटेर तीन सय ८३ दशमलव २० अंकमा पुगेको छ । दुई सय १९ वटा कम्पनीहरुको १३ हजार तीन सय नौं पटकको कारोबारमा १८ लाख एक हजार दुई सय ७३ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ६९ करोड ८८ लाख पाँच हजार नौं सय ५१ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा तीन वटा समुहको सुचको बढेको छ भने १० वटाको घटेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ७६ अंकले घटेर १३ सय २७ दशमलव तीन अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ३१ दशमलव एक अंकले घटेर सात हजार नौं सय ३८ दशमलव ४९ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ६८ अंकले घटेर नौं हजार दुई सय ७५ दशमलव ८९ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । जलबिद्युत समुहको सुचक भने शुन्य दशमलव ९४ अंकले बढेर २२ सय ५४ दशमलव ५५ अंकमा पुगेको छ भने अन्य र लघुवित्त समुहको सुचक आज बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो सर्पोट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ लगानी बृद्धि योजना २ परेको छ ।  यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम लिमिटेड परेको छ ।