छ वटा समुहले गुमाउँदा सात वटा समुहले कमाए
काठमाडौं – नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको पाँचौं कारोबार दिन आज बिहिबार भने एक दशमलव आठ अंकले घटेर १९ सय ७२ दशमलव २९ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि आज शुन्य दशमलव ६६ अंकले घटेर तीन सय ८३ दशमलव ९३ अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरुको २९ हजार एक सय ६२ पटकको कारोबारमा ३९ लाख ५५ हजार आठ सय ८६ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम एक अर्ब ३८ करोड ३४ लाख ६२ हजार एक सय ६२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा छ वटा समुहले गुमाएका पनि सात वटा समुहहरुले भने कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १९ अंकले घटेर १३ सय २८ दशमलव ८० अंकमा पुगेको छ भने ट्रेडिङ्ग, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुुचक पनि उच्च अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक भने आज सात दशमलव २१ अंकले बढेर तीन हजार पाँच सय १९ दशमलव ३२ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ६२ दशमलव १४ अंकले बढेर सात हजार नौं सय ६९ दशमलव ५० अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ८१ अंकले बढेर नौं हजार दुई सय ८१ दशमलव ५७ अंकमा पुग्दा जलबिद्युत, फाईनान्स र लघुवित्त समुहको सुचक बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।