बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बैंकहरुले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा एलसी खोल्न नपाउने 

बिहिबार, भाद्र १६ २०७९

काठमाडौं – बैंकहरुले तत्कालको लागि गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा एलसी खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहिबार नेपाल राष्ट्र बैंक, बैंकिङ बिभाग लगायतका सम्पुर्ण प्रादेशिक कार्यालयहरु, बिदेशी बिनिमय कारोबार गर्न अनुमती प्राप्त बाँणिज्य बैंकहरु र राष्ट्रियस्तरका बिकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दा यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएपश्चात एलसी खोल्न नपाउने भएका हुन् । 

यो निर्देशन पश्चात बाँणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकहरुले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा बैंकहरुले एलसी खोल्न पाउने छैनन् । सरकारले गत सोमबार राजपत्रमा सुचना जारी गर्दा गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा २०७९ बैशाख १३ गतेबाट लगाएको प्रतिवन्धलाई २०७९ असोज २८ गतेसम्मको लागि निरन्तता दिएको थियो । सोही आधारमा राष्ट्र बैंकले बिहिबार परिपत्र जारी गर्दे यि चार वटा बस्तुहरुको आयातमा एलसी नखोल्न निर्देशन दिएको हो ।