काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने २१ दशमलव ९७ अंकले घटेर एक हजार नौं सय ७३ दशमलव ३८ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि चार दशमलव ३६ अंकले घटेर तीन सय ८४ दशमलव ५९ अंकमा पुगेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको २९ हजार पाँच सय ८४ पटकको कारोबारमा २९ लाख ९२ हजार आठ सय ७३ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब १२ करोड ६२ लाख १७ हजार आठ सय ६२ रुपैंयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव सात अंकले घटेर एक हजार तीन सय ३० दशमलव ९९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव ७५ अंकले घटेर दुई हजार दुई सय ४२ दशमलव ७३ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ४८ दशमलव ५७ अंकले घटेर सात हजार सात सय सात दशमलव ३७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ३७ दशमलव ४४ अंकले घटेर नौ हजार दुई सय २९ दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।