चार वटा समुहले गुमाउँदा नौं वटा समुहले कमाए
काठमाडौं – अघिल्लो दिन घटेको नेप्सेमा झिनो अंकले सुधार आएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से तीन दशमलव ७६ अंकले बढेर एक हजार नौं सय ९३ दशमलव दुई अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ७७ अंकले बढेर तीन सय ८७ दशमलव ४६ अंकमा पुगेको छ ।
आज नेप्सेमा दुई सय २२ वटा कम्पनीहरुको २६ हजार ४६ पटकको कारोबारमा ३४ लाख ४० हजार नौं सय कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब २६ करोड ६६ लाख १९ हजार एक सय ५० रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहहरुको कारोबारमा भएकोमा आज चार वटा समुहले गुमाएका छन् भने नौं वटा समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव १५ अंकले घटेर एक हजार तीन सय ३८ दशमलव ८२ अंकमा पुग्दा लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुुचक पनि घटेका छन् । बिकास बैंक समुहको समुहको सुचक भने २८ दशमलव २८ अंकले बढेर तीन हजार पाँच सय ७३ दशमलव ८६ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि सात दशमलव नौं अंकले बढेर सात हजार नौं सय ६२ दशममलव ३१ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव १२ अंकले बढेर नौं हजार तीन सय ६९ दशमलव ५४ अंकमा पुग्दा जलबिद्युत, फाईनान्स,ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युत परियोजना लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम लिमिटेड पहिलो स्थानमा परेको छ ।