बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मेगा क्यापिटलद्वारा तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

सोमबार, भाद्र १३ २०७९

काठमाडौं : शेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा मेगा क्यापिटल लिमिटेडले गुणात्मक र परिमाणात्मक हिसावले आफूलाई अब्बल सावित गर्न सफल भएको जनाएको छ । सोही अनुसार यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी शसक्तिकरणका लागि क्यापिटलले छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान घोषणा गरेको छ ।

कम्पनीले नारीहरुले आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले राखेको छ । आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा शेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा न्युनतम तीन लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च छ । उक्त सेवा २०७९ भाद्र १२ गते देखी असोज १२ सम्म लागू हुनेछ ।

यस सेवामा एमएमसी पूर्ण रुपमा निशुल्क हुनेछ । सो सेवा आफुसँग भएको शेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिने । पिएमएसको सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईने छ । इच्छिुक नारीहरुले उक्त सेवा सम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५६८ ०१–५३६२७७२ वा सिधा मेगा क्यापिटल मार्केटस लिमिटेडमा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ।