जीवन बीमा बाहेक सबै समुहले गुमाए
काठमाडौं – नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ७५ अंकले घटेर तीन सय ९१ दशमलव ७६ अंकमा पुगेको छ । दुई सय १३ वटा कम्पनीहरुको २७ हजार एक सय २० पटकको कारोबारमा ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा जीवन बीमा सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव सात अंकले घटेर १३ सय ४९ दशमलव ४६ अंकमा पुग्दा जलबिद्युत समुहको सुुचक पनि ४० दशमलव ६६ अंकले घटेर दुई हजार तीन सय ८५ दशमलव १७ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ५६ दशमलव सात अंकले घटेर आठ हजार एक सय २१ दशमलव ८९ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमाल दोलखा हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।