सात वटा समुहले कमाउँदा छ वटा समुहले गुमाए
काठमाडौं – नेप्से बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पनि दुई दशमलव ८७ अंकले बढेर दुई हजार ५७ दशमलव ८५ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव छ अंकले बढेर तीन सय ९८ दशमलव २९ अंकमा पुगेको छ । दुई सय २३ वटा कम्पनीहरुको ३३ हजार छ सय ५७ पटकको कारोबारमा ३६ लाख ७८ हजार सात सय पाँच कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार दुई सय १८ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार हुंदा सात वटा समुहहरुले कमाएका छन् भने छ वटा समुहले गुमाएका छन् । ति मध्ये कमाउने समुहमा परेको बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ५८ अंकले बढेर १३ सय ६४ दशमलव पाँच अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र लगानी समुहको सुचक पनि बढेका छन् । निर्जिवन बीमा समुहको सुचक भने १५ दशमलव १७ अंकले घटेर आठ हजार एक सय ९९ दशमलव ६९ अंकमा झर्दा फाईनान्स, ट्रेडीङ्ग, उत्पादमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मन्दाकिनी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।