बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नबिल बैंकद्धारा ‘नबिल ढुक्क मुद्धती खाता’ सञ्चालन

बुधबार, भाद्र ८ २०७९

काठमाडौँ – नबिल बैंकले ‘नबिल ढुक्क मुद्धती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार आकर्षक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याईएको हो ।  

यस खाता अन्तर्गत ग्राहकले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बरदेखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् । यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपालमा प्राप्त रकममा खोल्न सकिने बैंकले बताएको छ । 

नेपालमा आर्जित रकममा खोलिने यस खातामा पाँच वर्ष तीन महिना २३ दिनमा दुई गुणा, १४ वर्ष सात महिना २८ दिनमा पाँच गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । त्यसैगरी, विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्धती खातामा पाँच वर्ष नौ महिना १५ दिनमा दुई गुणा, १३ वर्ष पाँच महिना ११ दिनमा पाँच गुणा तथा १९ वर्ष दुई महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

यस खाता अन्तर्गत ग्राहकले तीन लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्ने बैंकले जनाएको छ ।