काठमाडौं । सत्तारूढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको बेला माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा छलफल भएको हो।
छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए।
छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको एक नेताले जानकारी दिए।
यसैगरी बैठकले डा बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल भएको उनले बताए ।
यसैबीच बालुवाटारमा आज ३ बजे सत्तारूढ दलको बैठक बस्दैछ। बैठकमा हुनसक्ने सम्भावित एजेन्डाबारेसमेत छलफल भएको ती नेताले जानकारी दिए।
-फाइल फोटो