बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आइपिओ भर्दा लाग्ने सी–आस्बाको शुल्क घट्यो

सोमबार, भाद्र ६ २०७९

काठमाडौं । आइपिओ भर्दा सी–आस्बाको शुल्क अधिकतम पाँच रुपैयाँ मात्र लाग्ने भएको छ । हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको छ । 

सेयर भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी–आस्बा भनिन्छ । अब यसरी सी–आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ ।