काठमाडौं । आज पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँट गर्ने लगायतका विषयमा छलफल गर्न अपरान्ह ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।
यसअघिको बैठकमा कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता सिटौलाले कार्यदलको सुझावबारे शीर्ष नेताहरूलाई बिफ्रिङ गरेका थिए ।
आजको बैठकले जसपाबाट फुटेको डा. बाबुराम भट्टराईको पार्टी र वामदेव गौतमका विषयमा उनीहरुलाई सिट बाँटफाँटमा कसरी लैजाने भन्ने थप छलफल हुने बताइएको छ ।
गठबन्धनको बैठकमा त्यसबारे छलफल भएपछि कार्यदलले प्रतिबेदन तयार गर्ने तयारी छ ।