बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौंमा किशोरी बलात्कृत, दुई भारतीय नागरिक पक्राउ 

सोमबार, भाद्र ६ २०७९

काठमाडौं । काठमाडौंमा एक जना १४ वर्षीया किशोरी बलात्कारको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले ललाई फकाई एवं डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।