बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पहिलो दिन नैं घट्यो नेप्से

आइतबार, भाद्र ५ २०७९

चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से घटेको छ । नेप्से आज सात दशमलव ७२ अंकले घटेर दुई हजार ६० दशमलव ५५ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ४९ अंकले घटेर तीन सय ९८ दशमलव ५८ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय १८ वटा कम्पनीहरुको ४३ हजार चार सय ५५ पटकको कारोबारमा ५३ लाख ३९ हजार चार कित्ता सेयर किनबेच भएको छ भने कुल कारोबार रकम दुई अर्ब चार करोड ७० लाख ९३ हजार छ सय ८९ रुपैंयाँ पुगेको छ । 

आज नेप्सेमा १३ समुहहरुको कारोबार हुंदा चार वटा समुहले कमाएपनि नौं वटा समुहले भने गुमाएका छन् । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक एक दशमलव चार अंकले बढेर १३ सय ५७ दशमलव ७० अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि आठ दशमलव तीन अंकले बढेर आठ हजार दुई सय ६७ दशमलव २२ अंकमा पुगेको छ । होटल तथा पर्यटन र उत्पादनमुलक समुहहरुको सुचक पनि आज बढेका छन् । बिकास बैक समुहको सुचक भने ३५ दशमलव दुई अंकले घटेर तीन हजार सात सय ७५ दशमलव २९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ७८ अंकले घटेर २४ सय ६९ दशमलव ६१ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, टे«डिङ, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्टेन हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ ।