सुचक तथा कारोबार रकम दुबै बढे
काठमाडौं – अघिल्लो दिन झिनो अंकले घटेको नेप्से साताको पाँचौं कारोबार दिन आज बिहिबार भने बढेको छ । नेप्से आज २७ दशमलव ५६ अंकले बढेर दुई हजार ६८ दशमलव २६ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दशमलव ४१ अंकले बढेर चार सय दशमलव आठ अंकमा पुगेको छ । दुई सय २० वटा कम्पनीहरुको ४१ हजार पाँँच सय ७१ पटकको कारोबारमा ५१ लाख एक हजार दुई सय ९० कित्ता सेयर किनबेच हुंदा आज कुल कारोबार रकम दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार मध्ये सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ६१ अंकले बढेर १३ सय ५६ दशमलव ३४ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ७२ दशमलव ३४ अंकले बढेर दुई हजार चार सय ९९ दशमलव ९६ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ५६ दशमलव पाँच अंकले बढेर आठ हजार दुई सय ५७ दशमलव ८६ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ३१ अंकले बढेर नौ हजार चार सय ४९ दशमलव ३५ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मन्दाकिनी हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल प्रगती फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ ।