बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

बुधबार, भाद्र १ २०७९

छ वटा समुहको सुचक घटेर रातो हुंदा सात वटाको हरियो

काठमाडौं – नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार शुन्य दशमलव ३६ अंकले घटेर दुई हजार ४० दशमलव ७० अंकमा झर्दा सेन्सिटिभ भने शुन्य दशमलव २८ अंकले बढेर तीन सय ९४ दशमलव ६७ अंकमा चढेको छ । आज दुई सय २० वटा कम्पनीहरुको २६ हजार एक सय ९९ पटकको कारोबारमा ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सात वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ७५ अंकले घटेर १३ सय ४८ दशमलव ७३ अंकमा पुग्दा जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र लगानी समुहहरुको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने २२ दशमलव ३२ अंकले बढेर तीन हजार छ सय ९० दशमलव छ अंकमा चढ्दा निर्जिवन बीमा समुहको सुचक पनि ३३ दशमलव आठ अंकले बढेर आठ हजार दुई सय एक दशमलव ३६ अंकमा चढेको छ । यि बाहेक जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको स्वेत गंगा हाईड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामलिङ पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ ।