बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

एफबीआईले आफ्नो पासपोर्ट चोरेको ट्रम्पको आरोप

मंगलबार, साउन ३१ २०७९

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआईले आफ्नो पसापोर्ट चोरेको आरोप लगाएका छन् । 

फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का एजेन्टहरूले अगस्त ८ मा उनको घरमा छापा मार्दा उनको राहदानी चोरेको उनको आरोप छ ।

‘ओहो १ मार–ए–लागोमा  एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् ।

रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो। तेस्रो विश्व !’

तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी सरकारी यात्राका लागि रातो ’कूटनीतिक’ राहदानी जारी गरिन्छ । 
एक साताअघि एफबीआईले ट्रम्पको घरमा छापा मारेको थियो ।
-एजेन्सी