बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सर्वोच्चद्वारा भुवन केसीको फाइल झिकाउन आदेश

मंगलबार, साउन ३१ २०७९

काठमाडौँ : सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल मागेको छ ।

नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारको निर्णयको सक्कल फाइल मागेको हो ।

साथै बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग पनि मागेको छ ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए ।

299116207_787721908929373_5121643375802796726_n.jpg.webp