काठमाडौं – अघिल्लो दिन उच्च अंकले घटेको नेप्सेले साताको दोस्रो कारोबार दिन आज सोमबार भने छलाङ मारेको छ । नेप्से आज ५५ दशमलव ८८ अंकले बढेर दुई हजार ६५ दशमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दशमलव २३ अंकले बढेर तीन सय ९८ दशमलव १३ अंकमा पुगेको छ । दुई सय १५ वटा कम्पनीहरुको ४२ हजार आठ सय ९७ पटकको कारोबारमा ६० लाख २६ हजार एक सय ९२ कित्ता सेयर किनबेच हुंदा आज कुल कारोबार रकम दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार छ सय १२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव ६४ अंकले बढेर १३ सय ५५ दशमलव ९० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय पाँच दशमलव ७२ अंकले बढेर २४ सय ९० दशमलव ५१ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय २५ दशमलव ६६ अंकले बढेर १८ सय २८ दशमलव ७३ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ५४ दशमलव १९ अंकले बढेर आठ हजार तीन सय १० दशमलव २९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राधी जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिडी पावर लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।