बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अजोड इन्स्योरेन्सको खुद मुनाफा ११ करोड ८९ लाख 

सोमबार, साउन ३० २०७९

काठमाडौं – अजोड इन्स्योेरेन्स कम्पनीले आर्थिक बर्ष २०७८–०७९ मा ११ करोड ८९ लाख चार हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा १० करोड २० लाख चार हजार रुपैंयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी एक अर्ब रुपैंयाँ रहेको कम्पनीको आव २०७८–०७९ मा प्रतिशेयर आम्दानी ११ रुपैंयाँ ८९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर नेटवर्थ भने एक सय ३३ रुपैंयाँ ६६ पैसा कायम रहेको छ ।