काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता बिद्येयक पुर्नबिचारका लागि संसदमा पुनस् पठाउने राष्ट्रपति बिद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।
नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको बिषयलाई सम्वोधन गनुपर्नेलगायत बिषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले बिद्येयक संसदमा फिर्ता गरि दिएकी थिइन् । सो कदमलाई रापप्रा अध्यक्ष नेपालले स्वागत गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्–
‘विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ थापाले स्वदेश फर्केलगत्तै भनेका छन, ‘राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।’
‘अब संसदले हठ प्रदर्शन नगरोस्।ढिलोगर्ने काम सरकारले गरेको हो।अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ।’