रुपन्देही । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ ।
गए राती पौने ९ बजे अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् ।
गोली लागि घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरे पछि सो समूहले सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेका छन् ।
गोली प्रहार र लुटपाटमा संलग्नहरुको खोजी जारी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।