काठमाडौं – नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से २७ दशमलव ९२ अंकले घटेर दुई हजार १० दशमलव एक अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव ७३ अंकले घटेर तीन सय ८६ दशमलव ९४ अंकमा पुुगेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको ३८ हजार चार सय १८ पटकको कारोबारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ९६ अंकले घटेर १३ सय ३९ दशमलव २७ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ४६ दशमलव ३८ अंकले घटेर २३ सय ८३ दशमलव ६१ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ५३ दशमलव ७४ अंकले घटेर आठ हजार ५५ दशमलव २० अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि दुई सय ३३ दशमलव ६८ अंकले घटेर नौं हजार तीन सय ६९ दशमलव २४ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स,ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपरहेवा खोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।