बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

अदालतको आदेशको बेवास्ता गर्दै कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए शपथ

आइतबार, साउन २९ २०७९

सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पदभार सम्हालेका छन् ।

आइतबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसँग शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।

माओवादी केन्द्र कर्णाली प्रदेश सभा सदस्य शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए । गैरसांसद कार्चेन लामाको कार्यकाल ६ महिना पूरा भएपछि उद्योग मन्त्रालय खाली थियो ।

बिहीबार उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठनमा समावेशी सिद्धान्तलाई ध्यान नपुर्‍याइएको भन्दै संविधान अनुसार गर्न पत्र लेखेपछि मन्त्रीको शपथ रोकिएको थियो ।

आज अदालतको आदेशको बेवास्ता गर्दै शपथ भएको हो ।