बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले निकट शेर्पा संघको नेतृत्व नाम्गेललाई

आइतबार, साउन २९ २०७९

काठमाडौँ – नेकपा (एमाले) निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा नाम्गेल लामा शेर्पा सर्वसम्मत चयन भएका छन् ।

शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन गरेका थिए। संघले शेर्पा जातीको हकहित र अधिकारको मुद्धा उठाउँदै आएको छ । शेर्पा जातीको धर्म,भाषा,कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनको काम पनि संघले गर्दै आएको छ । सुचिकृत ५९ आदिबासी जनजाति मध्ये शेर्पा पनि एक हो ।

received_1409315866223267.jpeg

महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि सहभागी रहेको संघले बताएको छ । कार्यक्रममा देशभरका शेर्पाहरुको सहभागिता रहको आयोजक समितिले जनाएको छ ।