काठमाडौं – नेप्से सुचक तथा कारोबार रकम दुबै नैं घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार पुन १९ दशमलव छ अंकले घटेर दुई हजार ३७ दशमलव ८३ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव नौं अंकले घटेर तीन सय ९१ दशमलव ६६ अंकमा पुगेको छ । दुई सय २३ वटा कम्पनीहरुको ३६ हजार दुई सय ६४ पटकको कारोबारमा ६२ लाख ९८ हजार छ सय ३८ कित्ता सेयर कितबेच भएका छन् भने कारोबार रकम एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी ११ वटा समुहको सुुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव नौं अंकले घटेर १३ सय ४८ दशमलव १६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ३१ दशमलव ६१ अंकले घटेर दुई हजार चार सय ३० दशमलव १७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ४२ दशमलव छ अंकले घटेर १७ सय ४५ दशमलव ७४ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ७० दशमलव ६२ अंकले घटेर आठ हजार एक सय दुई दशमलव १० अंकमा पुगेको छ । यि बाहेक जीवन बीमा, बिकास बैंक, जीवन बीमा, ट्रेडीङ्ग, होट तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।