बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमाले सचिवालय बैठक जारी 

बिहिबार, साउन २६ २०७९

काठमाडौं । केही बेर अघि शुरुभएको  प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसेको हो । 

जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । 

सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो ।