बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु   

बिहिबार, साउन २६ २०७९

चितवन – भरतपुर महानगरपालिका–२९ जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग.१ ख ९९५५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।