बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आजबाट रियालिटी शो ‘सुपर डान्सर नेपाल’ हुँदै

बिहिबार, साउन २६ २०७९

काठमाडौं  । एडी रिलिजको आयोजनमा आजबाट ‘सुपर डान्सर नेपाल’ को प्रसारण सुरु हुँदै छ । यो डान्स रियालिटी शो बिहीबार राति  ९ बजे बाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुन लागेको हो ।

यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शोका निर्णायकमा अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन राई छन् । 
कार्यक्रमको होस्टमा कविता नेपाली र विल्सनविक्रम राई छन् । शोको निर्देशक भुषण दाहाल हुन् ।

शोका लागि काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्जमा फिजिकल अडिसन र नेपाल बाहिर नेपाली भाषीको बाहुल्यता भएको स्थानमा डिजिटल अडिसन गरिएको थियो ।