बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बझाङमा एकै परिवारका ३ जना मृत फेला

बिहिबार, साउन २६ २०७९

काठमाडौँ : बझाङमा एकै घरका ३ जना रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। बुंगल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका स्थानीयले बताएका छन्।

२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

स्थानीयका अनुसार गए राति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका हुन्।

घटनाको अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएकाे र प्रहरी अनुसन्धान पछि मात्र थप रहस्य खुल्ने प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए।