रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराति पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ ।
गएराति साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् ।
सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।