बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

असमान तलब वृद्धिको विरोधमा आज पनि आन्दोलन गर्दै नायबसुब्बाहरू

बुधबार, साउन २५ २०७९

काठमाडौं । सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् ।

शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दामा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायबसुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । तलवमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ ।

नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय ९दिउँसो १ बजेदेखि २ बजेसम्म० सबै नासुहरूले काम गर्नेछन् ।

सोमबार सिंहदरबारमा ‘पेन डाउन’ गरेका नासुहरू आन्दोलनकै कार्यक्रमअन्तर्गत मंगलबार बिदा बसेका हुन् । उनीहरूले सोमबार सिंहदरबारमा धर्ना दिएका थिए ।
निजामतीतर्फका नायब सुब्बाहरूले ‘नासुमारा ऐन चाहिँदैन’, ‘नासुलाई बढुवामा हेप्न पाइँदैन’, ‘कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमा बढुवा हुने व्यवस्था गर’ लगायतका माग राखेर चरणबद्ध संघर्ष गरिरहेका छन् । 

नासुहरूले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर पनि असमान तलब वृद्धि नगर्न माग गरेका थिए । माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।