बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

वार्नर पुनः लाइपजिगमै अनुबन्ध

बुधबार, साउन २५ २०७९

एजेन्सी : जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नरलाई पुनः अनुबन्ध गरेको छ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन्। २५ मिलियन पाउन्डमा उनी जर्मनी फर्किएका हुन्। उनले २०२६ सम्मका लागि सम्झौता गरेका गरेका छन्।

‘म निकै खुसी छु, फेरि आरबी लाइपजिगसँग खेल्न’, २६ वर्षीय खेलाडीले भनेका छन्।

उनले चेल्सीमा ८९ खेलमा २३ गोल गरेका थिए। यस्तै, सन् २०२१ मा उनले च्याम्पियन्स लिग जितेका थिए।

उनलाई अनुबन्ध गर्न लिभरपुल, बायर्न म्युनिख र एथ्लेटिको मड्रिडले इच्छा व्यक्त गरेका थिए।