काठमाडौँ : दिग्गज क्रिकेट अम्पाएर रुडी कर्टजनको निधन भएको छ।
उनको ७३ वर्षको उमेरमा सडक दुर्घटनामा परी मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा कर्टजनसहित तीन जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकाको रिभर्सडेलमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो।
उनले २०९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गरेका छन्। उनी एकदिवसीयमा सर्वाधिक खेलमा अम्पायरिङ गर्नेमध्येका एक हुन्।