बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा भिषण पहिरो

मंगलबार, साउन २४ २०७९

४५ अंकले घट्दा सबै सुचक रातै

काठमाडौं – नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार पनि ४५ दशमलव ४२ अंकले घटेर दुई हजार ६० दशमलव ७३ अंकमा पुग्दा सेन्सिटिभ पनि नौं दशमलव ६८ अंकले घटेर तीन सय ९६ दशमलव ४२ अंकमा झरेको छ । दुई सय २२ वटा कम्पनीहरुको ४६ हजार दुई सय ८९ पटकको कारोबारमा ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार पाँच सय ९८ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा १३ वटै समुहहरुको सुुचक घटेर नेप्से राताम्मै देखिएको छ । ति मध्ये बाँणिज्य बैक समुहको सुचक १७ दशमलव ९२ अंकले घटेर १३ सय ५६ दशमलव ७० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ७८ दशमलव २१ अंकले घटेर २४ सय ७३ दशमलव ९२ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय २३ दशमलव १७ अंकले घटेर आठ हजार दुई सय ४८ दशमलव ८१ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव ६५ अंकले घटेर नौं हजार छ सय ८७ दशमलव ३३ अंकमा पुगेको छ । यि बिकास बैंक, फाईनान्स,ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमाा पहिलो स्थानमा हिमालयन हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गणपती माईक्रो फाईनान्न्स लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ ।