बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

मंगलबार, साउन २४ २०७९

काठमाडौँ : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो।आज साँझ ५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्।

पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। रासस